काठमाडाैं महानगरले फोहोर मैला गरेको भन्दै दुई जनालाई तिरायो १२ हजार

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरले चैत ९ गते कालीमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडामा सानो कान्छा भारतीलाई फोहोर गरेको भन्दै जरिवाना तिराएको हो । 

काठमाडौँ महानगरपालिकाले सानो कान्छा भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहोर मैला सडकमा फालेको भन्दै १० हजार जरिवाना तिराएको महानगरले जनाएको छ। 

महानगरले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम गरिरहेको छ । पैदल यात्री हिँड्ने सडक पेटीमा  निर्माण सामग्री राखिएको भन्दै महानगरले पछिल्लो समय यस्ता सामग्री हटाउने काम पनि गरिरहेको छ ।

भारतीले महानगरपालिकाको ९ नम्बर वटामा फुटपाथमा घर निर्माण गर्दा उत्पादित फोहोर राखेका थिए । सोही कारणले उनलाई महानगरले जरिवाना गरेको हो । 

त्यस्तै, मण्डलले सार्वजनिक स्थानमा फोहोर फालेका कारण उनलाई २ हजार रुपैयाँ जरिवाना गराइएको महानगरले जनाएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ