सुनको भाउ घट्दा चाँदीको भाउ बढ्यो
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ घट्दा चाँदीको भाउमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ६ रुपैयाँले घटेर छापावाला सुन १ लाख ८ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १४ सय १० रूपैयाँ कायम भएको छ।
शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको थियोे।













