ढुङ्गेअड्डामा तीनतले गोदामभरि कुहिएको केराउ, अर्को ट्रकमा पनि २४० बोरा कुहिएको केराउ
थानकोट ।
काठमाडौं प्रहरी परिसरले कलंकी ढुङ्गेअड्डामा रहेको एक गोदाममा छापा मारेको छ ।
एसियन फुड नामको कम्पनीको गोदाममा छापा मार्दा २ वटा ट्रकमा २४० बोरा कुहिएको केराउ र ३ वटा तल्ला भरी नै कुहिएको केराउ बरामद गरेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले बताए ।
‘हामीले कुहिएको केराउसहित ३ वटा तलाभरि केराउ बरामद गरेका छौं,’ एसएसपी कार्कीले भने, ‘कति बोरा छ भन्ने गणना भइसकेको छैन् तर ३ वटा तल्लाभरि कुहिएको केराउ फेला पारेका छौं ।’
म्याद गुज्रिएको केराउ ‘रि-लेबलिङ’ गरेको आरोपमा प्रहरीले केराउको कारोबार गर्ने मध्येका रितेश अग्रवालसहित ४ जनालाई पक्राउ गरेको छ । क्यानडामा उत्पादन भएको भनेर आरोपीहरूले म्याद गुज्रिएको हरियो केराउ रि प्याकिङ गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
केराउ कारोबारी मध्येका रोहित अग्रवाल फरार छन् । कारोबारीहरूले रि–लेबलिङ गरेर २४० बोरा केराउ बजारमा पठाउन लागेको भेटिएको हो।













