कीर्तिपुरमा घर घरमा स्थानीय सरकार कार्यक्रम, मातृशिशु पोषण तथा मृत्यु संस्कारका लागि रकम

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाले नगरमा स्थायी बसोबास गरिरहेका नागरिकहरूका लागि घर घरमा स्थानीय सरकार कार्यक्रम अन्तर्गत जन्म तथा मृत्युमा एकमुष्ट रकम उपलब्ध गराएको छ । 

नगरप्रमुख राजकुमार नकर्मीका अनुसार नगरले नवजात शिशु तथा सुत्केरी आमाको पोषणका लागि जन्म उपहार एवं मातृशिशु पोषण कार्यक्रम बापत हरेक सुत्केरी महिलालाई तीन हजार रूपैयाँ उपलब्ध गराउने गरेको छ । 

यसैगरी नगरपालिकाले मृत्यु भएका नागरिकका परिवारला ई अन्तिम संस्कार खर्च बापत एकमुष्ट १० हजार रूपैयाँ उपलब्ध गराउँदै आएको छ । 

नगरप्रमुख नकर्मीले यस खालका कार्यक्रमले नगरबासीहरूमा व्यक्तिगत घटना दर्ताको कार्यमा सकरात्मक प्रभाव परेको बताउनुभयो ।

नगरपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत नगरबासीको घरमा पुगेर सो रकम उपलब्ध गराउने गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ