६९७ जना सवारी चालकमाथि ट्राफिक नियम उल्लंघनको कारबाही

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६९७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४९, सीसीटीभीमार्फत ३६, रातो बत्तीमा १० जना चालकलाई कारबाही गरिएको हो ।

यसैगरी, तीव्रगतिमा ९९, हर्न निषेधमा ८, लेन क्रशमा २३, अवस्था ठिक नभएको १५, एकतर्फीमा १४ र अन्यमा ४४३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ