कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय सदस्य पदमा चन्द्रागिरिबाट हालसम्म ५ जनाको उमेदवारी

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा मंगलबार मनोनयन दर्ता भएका छन् ।

सभापतिका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य पदहरूमा पनि उमेदवारी दर्ता गराउनेको संख्या निकै लामो रहेको बताइएको छ । केही पदमा भने निर्विरोध हुने सम्भावना रहेको बुझिएको छ ।

यसैबीच नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा चन्द्रागिरि नगर क्षेत्रका ५ जनाले उमेदवारी दर्ता गराएको विवरण प्राप्त भएको छ।

नेपाली काँग्रेस स्रोतका अनुसार नगर क्षेत्रबाट बागमती प्रदेशकी सांसद् यमुनादेवी श्रेष्ठ,  मेयर घनश्याम गिरी, ट्रेड यूनियन काँग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमार कुँवर, चन्द्रागिरि कार्यपालिका सदस्य अस्मिता बयलकोटी, ३५ वर्ष उमेर समूह बसन्ती भाटले विभिन्न क्लष्टरबाट केन्द्रीय पदमा उमेदवारी दिएका छन् ।

सांसद् श्रेष्ठले काठमाडाैं उपत्यका महिला, मेयर गिरीले काठमाडाैं जिल्ला भूगोल, कुँवरले श्रमिक, बयलकोटीले यूवा महिला ३५ वर्ष मुनि, भाटले खस आर्य महिला क्लष्टरबाट केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन् ।

मनोयन दर्ता गर्ने कार्य जारी रहेको हुँदा नगर क्षेत्रबाट महाधिवेशनमा कुनै पदमा उमेदवारी दिनेक संख्या हेरफेर हुनसक्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ