सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ११ हजार रूपैयाँ

Thankot Times

थानकोट । 

सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ बढेको हो । यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो ।

विश्वमा आर्थिक मन्दी देखिन थालेको विभिन्न रिपोर्टहरुले देखाएकाले सुनको भाउ बढेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।

चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४४० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *