घट्यो सुन तथा चाँदीको भाउ
थानकोट ।
कारोबार हुने साताको दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ७ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ९ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर १४ सय ३० रूपैयाँ कायम भएको छ।
आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रूपैयाँमा कारोबार भएको थियोे।














