सुनको भाउमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

Thankot Times

थानकोट । 

कारोबार हुने साताको पाँचाै दिन नेपाली बजारमा आज बिहीवार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाला सुन १ लाख ११ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ स्थिर बसेर प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ५० रूपैयाँ कायम भएको छ।

बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भएको थियोे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *