कलंकी बाफलमा रहेको गार्मेन्टमा आगलागी, देखियो विभत्स दृश्य
थानकोट ।
काठमाडौंको बाफलस्थित एक गार्मेन्टमा भएको आगलागीस्थलमा एक व्यक्तिको दाहिने खुट्टाको पैँतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ ।
शनिबार राति ९:३० बजे काठमाडौं महानगरपालिका-१३ बाफलचोकनजिक नारायणी पेट्रोल पम्पपछाडि श्यामकृष्ण महर्जनको दुईतल्ले टिनको टहरामा रहेको गार्मेन्टमा आगलागी भएको थियो ।
घटनापछि गार्मेन्टका लागि सवारी चालकका रुपमा काम गर्ने दोलखाको भीमेश्वरका भूपेन्द्र बस्नेत बेपत्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल बताउँछन् ।
त्यहाँ एक व्यक्तिको शरीरको भाग जलेको अवस्थामा फेला परेको हो ।
रिजालका अनुसार मकवानपुरका निश्चल अग्रवालले सञ्चालन गरेको गार्मेन्ट उद्योगमा आगालागीपश्चात् प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
गार्मेन्टमा रहेका कपडा, उपकरणलगायत सामग्री जलेर नष्ट भएको छ भने मानिसको शरीरको दाहिने खुट्टाजस्तो देखिने पैँतलाको भाग जलेको अवस्थामा फेला परेको रिजालले बताए ।
उक्त जलेको भागलाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।













