दिवंगत वडाध्यक्ष अधिकारीप्रति श्रद्धाञ्जली दिन कीर्तिपुरमा उर्लियो जनसागर
थानकोट ।
कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामराजा अधिकारीको अन्त्येष्टीका क्रममा हजाराैं नागरिकहरू कीर्तिपुरमा जम्मा भएका छन् ।
वैशाख १ गते चम्पादेवीमा मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भएका अधिकारीको उपचारका क्रममा आइतबार निधन भएको थियो । उनको आज अन्त्येष्टीको तयारी भइरहेको छ ।
सिमसिमे पानीका बीच वडाध्यक्ष अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्न हजाराैं नगरबासी तथा शुभेच्छुकहरू अहिले कीर्तिपुरस्थित नगरपालिका कार्यालयमा भेला भएका छन् ।
गत स्थानीय तह निर्वाचनका कीर्तिपुर नगरपालिका-४ बाट स्वतन्त्र उम्मेदवारी दिएका अधिकारी वडाध्यक्षमा विजयी भएका थिए ।
वडाध्यक्ष अधिकारीको निधनमा कीर्तिपुर नगरपालिकाले आज नगरक्षेत्रमा शोक बिदा दिएको छ ।
सबै तस्बिरः नेपाल सांस्कृतिक कला मन्दिर














