खम्बामा छाडिएका अनावश्यक तार १५ दिनभित्र हटाउन काठमाडाैं महानगरको निर्देशन

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले बिजुली, टेलिफोन, इन्टरनेट तथा केबल लगायतको तारको व्यवस्थापन गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ ।  महानगरले त्यस किसिमका सेवाप्रदायक संघसंस्थालाई पत्र पठाउँदै तार हटाउन समय दिएको हो ।

सेवाप्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ–संस्थाहरू दूरसञ्चार प्राधिकरण, सिसिटिभी क्यामरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केबल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन नेपाल (आइएसपिएएन)लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध गरिएको छ । सडक–किनारामा भएका धेरै पोल विद्युत् प्राधिकरणका हुन् ।

निर्धारित समयमा तार हटाउने काम नभए १६औँ दिनदेखि महानगरले कार्य समूह गठन गरेर अनावश्यक तार हटाउने जनाइएको छ । यसबाट लाभग्राहीमा असुविधा भए त्यसको जिम्मेवार सेवाप्रदायकले लिनुपर्ने उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *