कर्मचारीहरूलाई चुनाव लाग्दा आज देशभरका बिजुली अड्डामा अत्यावश्यक बाहेकका काम बन्द

Thankot Times

थानकोट ।

नेपाल विद्युत प्राधिकरणले आज देशभरका कार्यालयहरूमा अत्यावश्यक बाहेकका कार्य बन्द रहने जनाएको छ।

प्राधिकरणमा प्रतिष्ठान स्तरका ट्रेड युनियनहरूबीच आधिकारिक ट्रेड युनियनको निर्वाचनको कार्यक्रम हुने भएकोले देशभरका बिजुली अड्डा बन्द हुने भएका हुन् । 

कार्यालय प्रमुखसहित सम्पूर्ण कर्मचारीहरू हाजिरी भई मतदान तथा मतदान व्यवस्थापनमा खटिनुपर्ने भएकोले प्राधिकरणको काउन्टर समेत बन्द हुने प्राधिकरणको केन्द्रीय कार्यालयले जनाएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *