जेठ ८ गते थटी टोलबाट मच्छिन्द्रनाथको रथ तानिने भएपछि गुठी संस्थानले पठायो सात गाउँलेलाई सूचना

Thankot Times

थानकोट । 

जेठ ८ गते सोमबार वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ र मिननाथको रथ पाटनको थटी टोलबाट जवलाखेलसम्म तानिने भएको छ । 

गुठी संस्थानको ललितपुरस्थित कार्यालयले कीर्तिपुर नगरपालिकालाई एक पत्र लेख्दै सो दिन थटी टोलबाट जवलाखेलसम्म श्रीको रथ तान्ने शुभसाइत जुरेपछि सो जानकारी स्थानीय बासिन्दाहरू तथा सात गाउँलेलाई जानकारी गराउन अनुरोध गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *