आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफी क्रिकेट: नेपाल र अमेरिकाबीच खेल हुँदै

Thankot Times

थानकोट ।

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगिता शनिबारदेखि रुवान्डामा शुरू हुँदैछ । प्रतियोगितामा नेपालको पनि सहभागिता रहेको छ ।

नेपाली टोलीले आफ्नो पहिलो खेल शनिबार नै अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे शुरू हुनेछ ।

त्यसअघि, शनिबार नै आयोजक रुवान्डा र इटालीबीच उद्घाटन खेल खेलिने छ । प्रतियोगितामा नेपाल, आयोजक रुवान्डा, इटाली, अमेरिका र भानुआतुको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपाली टोलीले आफ्नो दोस्रो खेल १९ तारिखमा इटालीसँग र तेस्रो खेल २२ तारिखमा आयोजक रुवान्डासँग खेल्नेछ ।

यसैगरी, नेपाली टोलीले आफ्नो चौथो खेल २४ तारिखमा भानुआतुसँग, पाँचौं खेल २६ तारिखमा अमेरिकासँग खेल्नेछ ।

यसैगरी, नेपालले आफ्नो छैटौं खेल २८ तारिखमा रुवान्डासँग, सातौं खेल ३० तारिखमा भानुआतुसँग र आठौं खेल मे १ तारिखमा इटालीसँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *