‘यो काम गर्ने समय हो, बधाई कार्यक्रममा भौतिक रूपमा नबोलाई दिनुहोस्’-मन्त्री पुकार महर्जन
थानकोट।
बागमती प्रदेशका नवनियुक्त पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा पुकार महर्जनले नेता, कार्यकर्ता तथा मतदाताहरूलाई धन्यवाद दिनुभएको छ ।
सोमबार सबेरै सामाजिक सञ्जालमा एक स्टाटस राख्दै मन्त्री महर्जनले प्रदेशको मन्त्रीको रूपमा भेटेर, फोनबाट र सामाजीक संजालबाट बधाई दिनु हुने सबैलाई धन्यवाद दिंदै यो समय काम गर्ने समय भएकोले बधाई कार्यक्रममा भौतिक रूपमा बोलाई वा अन्य कुनैपनि किसिमले नअल्मलाई दिनु हुन विनम्र अनुरोध समेत गर्नुभएको छ ।
बागमती प्रदेशका नवनियुक्त पर्यटन, उद्योग तथा सहकारी मन्त्री महर्जनले समयलाई चिनौं र यसको सदुपयोग गरौं भन्दै सकारात्मक सोचना साथ अघि बढ्न आग्रह समेत गर्नुभएको छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० प्रदेश १ बाट नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएका पुकार महर्जन आइतबार बागमती प्रदेशका नवनियुक्त पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
उहाँ दोश्रो पटक बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।













