ललितपुर र कीर्तिपुरका मेयर रातो मच्छिन्द्रनाथको रथ तान्न थटी टोलमा, जावलखेल ल्याइयो रथ
थानकोट ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ र मिननाथको रथ सोमबार पाटनको थटी टोलबाट जवलाखेलसम्म तानिएको छ ।
सो क्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी लगायतसमेत रथ तान्न थटीटोल पुगेका थिए ।
सोमबार रथ तान्न चन्द्रागिरि नगरका विभिन्न गुठीका सदस्यहरू समेत ललितपुर पुगेका थिए ।
मच्छिन्द्रनाथको रथ जवलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ ।
मछिन्द्रनाथको रथजात्रा अन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आर्कषणका रूपमा लिइन्छ ।

तस्बिरहरूः नजरराम महर्जन











