रास्वपाको चन्द्रागिरि नगर संगठन विस्तार जेठ १५ मा, ११ जना मात्रै नगर पदाधिकारी रहने
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारको कार्यलाई तीव्र बनाएको छ ।
सो पार्टीका अनुसार हालसम्म ७४ जिल्लामा संगठन विस्तार भइसकेको छ । डोल्पा, हुम्ला र पश्चिम रुकुम गरी तीन जिल्लामा संगठन विस्तार हुन बाँकी रहेको रास्वपाले जनाएको छ ।
तीन तहको सरकार संरचनासँग मिल्ने गरी पालिका, प्रदेश र केन्द्र गरी मूल रूपमा तीनवटा पार्टी संरचना हुने रास्वपाले जनाएको छ ।
वडा र पालिकामा ११/११, संघीय निर्वाचन क्षेत्रमा ५, जिल्लामा २, प्रदेशमा ५०, केन्द्रमा १२१ जना सदस्य रहेको समिति हुने व्यवस्था छ । केन्द्रीय सदस्यमा हाल ३९ जना छन् । संघीय निर्वाचन क्षेत्र अनुसारको समिति बन्ने क्रममा छ । जिल्लामा संयोजक र सहसंयोजक मात्रै रहेको पार्टी संरचना बनाएको छ ।
यसैबीच सो पार्टीको चन्द्रागिरि नगरमा जेठ १५ गते संगठन विस्तारको कार्यक्रम हुने भएको छ ।
रास्वपा काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टका अनुसार चन्द्रागिरि नगरपालिकामा संगठन विस्तारका लागि आवश्यक तयारी द्रुतगतिमा अघि बढेको छ ।
मंगलबार चन्द्रागिरि नगर कमिटि गठनका लागि प्रारम्भिक छलफल गरिएको विष्टले जानकारी दिनुभयो ।

तस्बिरः प्रदिप विष्टको फेसबुकबाट













