काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा
थानकोट ।
आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको हो ।
मन्त्रालयद्वारा सूचनामा भनिएको छ, विसं २०८० साल जेठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’













