रास्वपाको क्षेत्रीय नेतृत्व चयनका लागि काठमाडाैंका सबै क्षेत्रमा चुनाव हुँदै (उम्मेदवारहरूको नामसहित)

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडाैंका सबै १० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठनका लागि उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ । 

सो दलका काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टका अनुसार जिल्लाका सबै १० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय नेतृत्वका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको हो । नामावलीमा भएका व्यक्तिहरू मध्येबाट चुनाव गरी समिति विस्तार गरिने संयोजक विष्टले बताउनुभयो । 

बिहीबार सामाजिक सञ्जालमा विष्टले प्रारम्भिक नामावली सार्वजनिक गर्नुहुँदै ती नाममा दाबी विरोध तथा उम्मेदवारी फिर्ता गर्न पाउने सुविधा दिइएको जानकारी दिनुभयो । सो समयसीमा जेठ ११ गते बिहान १० बजेदेखि जेठ १२ गते साँझ ६ बजेसम्म कायम गरिएको बताइएको छ । 

दाबीविरोध तथा उम्मेदवारी फिर्ता गर्न सम्बन्धित प्रदेशको दाबी विरोध छानबिन समितिसँग उम्मेदवारहरूले सम्पर्क गर्न सकिने रास्वापाले जनाएको छ। 

दाबी विरोधपछि जेठ १४ गते पार्टीको मोबाइल एप्लीकेशनमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ।  

क्षेत्रीय समितिको नेतृत्व चयनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यता लिइसकेका व्यक्ति तथा जेठ २० गते साँझ ५ बजेसम्म सदस्यता लिने व्यक्तिहरूले मतदानमा भाग लिन पाउने बताइएको छ । 

क्षेत्रीय समिति चयनका लागि निर्वाचन सो पार्टीको मोबाइल एप्लीकेशनमार्फत जेठ १६ गते बिहान ७ बजेदेखि जेठ २० गते साँझ ७ बजेसम्म  मतदान गर्न सकिने संयोजक विष्टले बताउनुभयो ।

निर्वाचनको परिणाम जेठ २१ गते प्रकाशन हुने बताइएको छ । 

काठमाडाैंका सबै १० वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको प्रारम्भिक नामावली हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ