कस्तो रहनेछ आज शनिबारको मौसम ?

Thankot Times

थानकोट । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

आइतबार देशका कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *