आज मेघगर्जनसहित वर्षाको सम्भावना

Thankot Times

थानकोट । 

माैसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *