जेठ २० गते थानकोटबाट निस्कने बृहत् पदयात्राको तयारी पूरा
थानकोट ।
‘हिँडाैं र स्वस्थ रहाैं’ भन्ने नाराका साथ थानकोटमा जेठ २० गते आयोजना हुने बृहत् पद यात्राको तयारी उत्तरार्धतिर पुगेको छ।
चन्द्रागिरि नगरपालिका-४ सँगको सहकार्यमा चन्द्रागिरि हाइकर कम्युनीटीको संयोजनमा हुने सो कार्यक्रमको तयारी तिव्र रूपमा अघि बढेको बताइएको छ ।
चन्द्रागिरि नगरपालिका- ४ थानकोटस्थित साझाघरबाट बिहान ५ बजे सुरू हुने सो पद यात्रामा सहभागीताका लागि सबै टिकट बुकिङ भइसकेको हाइकर कम्युनीटीले जनाएको छ।
स्थानीय पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरू हुने सो पैदलयात्रा साझा घरबाट सुरू हुने सो पैददयात्रा गोदाम-पानीघाट-मयल चाैतारा-चन्द्रागिरि भञ्ज्याङ-भालेश्वर मन्दिरहुँदै महालक्ष्मी चाैरमा पुगी सकिनेछ ।
हाइकर कम्युनीटीका सदस्यहरूको अग्रसरतामा पदयात्रा रूट सरसफाई तथा संकेत चिन्ह राख्ने काम समेत सम्पन्न भइसकेको पदयात्रा कार्यक्रम संयोजक प्रसन्न गोपालीले जानकारी दिनुभयो ।













