विष्णुदेवी मन्दिर क्षेत्रमा रहेको ४०० वर्ष पुरानो श्रीकृष्णको मुर्तिको पुरातात्विक अध्ययन गरिने
थानकोट ।
चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रमा रहेको श्रीकृष्णको मुर्तिको पुरातात्विकता अध्ययन हुने भएको छ ।
नेपाली लोकबाजा संग्रहालयका सञ्चालक एंवम् पुरातात्विक अध्येता रामप्रसाद कंडेलले विष्णुदेवी मन्दिर क्षेत्रमा खुला रुपमा रहेको प्राचिन (प्रारम्भिक अनुमान अनुसार ४०० बर्ष भन्दा अगाडिको हुन सक्ने) श्रीकृष्णको मुर्तिको पहिचान गरेपछि चन्द्रागिरि नगरपालिका वडा नं. १५ को कार्यालयले सो मुर्तिको ऐतिहासिकता जाँचको पहल सुरू गरेको हो ।
खुल्ला स्थानमा रहेको सो मुर्तिकाे जाँचका लागि विष्णुदेवी क्षेत्र संरक्षण समितिलाई संरक्षण गर्ने दायित्वका साथ मुर्ति हस्तान्तरण गरिएको वडाध्यक्ष घनश्याम लुँइटेलले जानकारी दिनुभयो ।
वडा क्षेत्रमा रहेको अमुल्य सम्पदा पहिचानमा सहयोग पुर्याउने अध्येता रामप्रसाद कंडेलप्रति वडा कार्यालयले धन्यवाद दिएको छ।












