कालोपत्रे गर्नका लागि आजबाट १ साता बन्द हुँदै गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक)
थानकोट ।
आजबाट गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) कालोपत्रे गरिने भएको छ ।
सो सडक मार्गको मकवानपुरतर्फ थाहा नगरपालिका वडा नं. ९ को याकाखुसीदेखि ठुलोचौर सम्मको क्षेत्र कालोपत्रेको तयारी भएको बताइएको छ ।
सडक कालोपत्रेका लागि सो सडक खण्डको मकवानपुर तर्फको सडकमा आजबाट एक साताका लागि सवारी साधनको आवागमन बन्द गरिने थाहा नगरपालिका वडा नं. ९ को कार्यालयले जनाएको छ।
सो सडकमा अति आवश्यक सवारी साधन भने सञ्चालन हुने वडा कार्यालयले जनाएको छ।
सो सडक थानकोट हुँदै हेटाैंडा पुग्ने प्रमुख वैकल्पिक मार्गका रूपमा रहेको छ।
सडकको काठमाडाैं तर्फको खण्ड भने सुधारको कार्य जारी रहेको छ ।












