सांसद् महेश बर्ताैलाको आक्रोस, थानकोट-चित्लाङ सडकलाई छुट्याइएको २ करोड अन्यत्रै लैजानुस्
थानकोट ।
नेकपा एमालेका सचेतक समेत रहेका सांसद् महेश बर्ताैलाले गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) का लागि आगामी आर्थिक वर्षमा ज्यादै न्यून बजेट विनियोजन भएकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।
मकवानपुर क्षेत्र नं. २ का सांसद् बर्ताैलाले शुक्रबार संघीय संसद्लाई सम्बोधन गर्दै गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) का लागि आगामी वर्षका लागि २ करोड रूपैयाँ मात्रै विनियोजन भएको सुनिएको बताउँदै नेताहरूको मुख हेरेर बजेट विनियोजन गरेको आरोप लगाए ।
उनले सो सडकका लागि विनियोजन भएको बजेट पनि नुवाकोट वा प्रधानमन्त्रीको गाउँमा लगे हुन्छ भन्दै आक्रोश व्यक्त गरेका थिए ।
२०२८ सालदेखी निर्माणकै चरणमा रहेको थानकोट-चित्लाङ सडक निर्माणका लागि १ अर्ब ६ करोड रूपैयाँ लाग्ने इस्टमेट निक्लिएपनि प्राथमिकतामा नपरेको प्रति सांसद् बर्ताैलाले रोष प्रकट गरेका हुन् ।












