चन्द्रागिरि नगरले माग गरेको सर्भेक्षकमा ६० जना छनोट, ३८ जना प्रतिक्षा सूचीमा

Thankot Times

थानकोट ।

बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्नका लागि चन्द्रागिरि नगरपालिकाको वडा क्षेत्र भित्रमा रहेका घर तथा परिवारको सर्वेक्षण गर्ने कार्यका लागि माग गरेको सर्वेक्षकहरूको नतिजा सार्वजनिक भएको छ। 

चन्द्रागिरि नगरपालिकाले २० दिनका लागि नियुक्ति गर्ने गरी ६० जना गणकहरूको नाम बिहीबार सार्वजनिक गरेको हो । 

नगरपालिकाले यहि असार मसान्तसम्म कार्य गर्ने गरी नगरपालिकाले हरेक वडामा कम्तीमा २ देखी बढीमा ५ जनाका दरले नियुक्ति गर्ने गरी सर्वेक्षक (गणक) माग गरेको थियो ।

सो पदका लागि दरखास्त पेश गरेका मध्ये ३८ जना प्रतिक्षा सूचीमा परेको नगरको सामाजिक विकास शाखाले जनाएको छ । १ सय ९ जनाले सर्भेक्षक पदका लागि दरखास्त दिएका थिए । 

सफल उम्मेदवारहरूका लागि असार १ गते तालिम कार्यक्रम राखिएको नगरपालिकाले जनाएको छ ।

मोबाइल चलाउन जान्ने ७५ जनालाई २० दिनका लागि रोजगारी दिँदै चन्द्रागिरि नगरपालिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *