काठमाडौं जिल्ला बक्सिङ संघकाे अध्यक्षमा थानकोटका रमेश श्रेष्ठ निर्वाचित

Thankot Times

थानकोट ।

काठमाडौं जिल्ला बक्सिङ संघकाे अध्यक्षमा रमेश श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न संघको पाँचौं साधरण सभाले अध्यक्षमा रमेश श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेकाे हाे ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतीकाे प्रमुख आतिथ्यतामा सम्पन्न संघको पाँचौं साधरण सभाले काठमाडौं जिल्ला बक्सिङ संघकाे उपाध्यक्षमा केशव रंजित, सचिवमा राजकृष्ण महर्जन, काेषाध्यक्षमा सुनिता महर्जन र सदस्यहरुमा राजकुमार महर्जन, कविन्द्र महर्जन, राजु श्रेष्ठ, अनिस बैध, सुदिप महर्जन, सुरेन्द्र महर्जन, राजकुमार महर्जन सहित ११ जनाकाे कार्य समिति सर्वसम्मत निर्वाचित गरेकाे छ ।

चन्द्रागिरि नगरपालिका ४ थानकोटमा सम्पन्न काठमाडौं जिल्ला बक्सिङ संघकाे पाँचाै साधारण सभामा बक्सिङ खेलसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *