बिहानै बस दुर्घटनाको खबर, जन्तीबस दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु
थानकोट ।
गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ५ स्थित ताक्लुङको सिलिङखोला भन्ने स्थानमा बिहीबार मध्यरातमा जन्ती बोकेर फर्कदैँ गरेको टाटा योद्धा गाडी दुर्घटनामा परेको छ ।
गाउँपालिकाकै वडा नं. ३ स्थित सिलिङकोटमा जन्ती आएर ताक्लुङ पोखरीछाप फर्कदै गरेको गाडी राति करिब साढे १२ बजेतिर सिलिङ र डाँडबारी बिचको अमलडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु भएको र १३ जनाको राति नै उद्दार गरि उपचारका लागि तनहुँको आँबुखैरेनी पठाईएको घटनास्थलबाट स्थानीय रेशम रानाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनास्थलमा अझै पनि उद्दारकार्य जारी रहेकोले घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
दुर्घटनास्थलमा अहिले प्रहरी चौकी मनकामनाबाट खटिएको प्रहरी टोली र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको छ भने २ जनालाई भिरबाट सकुशल उद्दार गरिएको छ ।
रातको समयमा पानी परिरहेको हुदाँ ग्रामीण कचची सडकमा गाडी दुर्घटना भै सडकबाट करिब २ सय मिटर तल गाडी खसेको हो ।
अहिले जिल्लाबाट उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदैछ ।












