रास्वपा नागार्जुन नगरको सभापतिमा राजन कोइराला, सचिवमा जयराम गाैतम
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नागार्जुन नगर कमिटिको सभापतिमा राजन कोइराला चुनिएका छन् ।
सो पार्टीको नगर भेलाले किरण पन्तलाई पार्टी नगर उपसभापति चयन गरेको छ ।
यसैगरी रास्वपा नागार्जुन नगर सचिवमा जयराम गाैतम र कोषाध्यक्षमा क्षतिज पोख्रेल चयन भएका छन् । यसै गरी रास्वपा नागार्जुन नगर कमिटिको सदस्यमा क्रमश सुरेन्द्र घिमिरे, बासु कार्की दुर्लबराज बुढाथोकी, मणिराम भट्टराई, नवराज लामा, विपिन घिमिरे, बिमला सिंखडा र अष्टमान लामा चयन भएको रास्वपा काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टले जानकारी दिनुभयो ।
रास्वपाले असार महिनाभित्र नागार्जुन नगरका सबै वडा कमिटि गठन गरि सक्ने जनाएको छ।












