बञ्चरेडाँडामा फोहोर लिएर जाने गाडीलाई ककनीमा १५ सय प्रवेश शुल्क

Thankot Times

थानकोट । 

नुवाकोटको ककनी गाउँपालिकाले फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ ।

सो गाउँपालिकाले आगामी साउन १ गतेदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको हो । 

गाउँपालिकाले फोहोर बोकेर गएका हरेक ट्रिपरलाई एक पटकमा एक हजारदेखि एक हजार पाँच सय कर अशुल्ने निर्णय गरेको छ । गाउँपालिकालले सानो टिपरलाई रु १००० र ठुलो टिपरलाई १,५०० रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको हाे ।  

राजधानी काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लाबाट ककनी गाउँपालिकाको बञ्चरेडाँडामा फोहोर विसर्जन गरिन्छ ।  

काभ्रेको बनेपा र मण्डनदेउपुरबाट पनि बञ्चरेडाँडामा फोहोर जाने गर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *