कलंकीमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ, को-को समातिए पढ्नुहोस् पछिल्लो अपडेट

Thankot Times

थानकोट ।

प्रहरीले जुवातासमा रमाइरहेका ९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बारा तिलुया नगरपालिका-१४ घर भई काठमाडौं कलंकी बस्ने ५० वर्षीय पूर्ण बहादुर कार्की समेत ९ जना बिहीबार राति पक्राउ परेका हुन् ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *