कस्तो रहला आज दिनभरको माैसम अनुमान ?

Thankot Times

थानकोट । 

देशका विभिन्न भागमा भारी वर्षा भइरहेको छ । नवलपरासी, बर्दघाट, डन्डा र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । 

विनयी, अरुण, गिरुवारी खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

उक्त क्षेत्र हुँदै यात्रामा निस्किने, डुबान भइरहने होचो भू-भाग तथा तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

पाल्पा, स्याङ्जा र आसपासको क्षेत्रमा पनि पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । निस्ती खोलालगायत उक्त  क्षेत्र भएर बहने स-साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाको जोड छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *