नेपालमा १९ देखि २१ नोभेम्बरसम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् एसिया सम्मेलन हुने
थानकोट ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त आयोजनामा आगामी १९ देखि २१ नोभेम्बरसम्म नेपालमा आईसीसी एसिया सम्मेलन हुने भएको छ ।
सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सम्मेलनमा क्रिकेटको विकास र क्षेत्रीय सहकार्य सुदृढ बनाउने विषयमा छलफल हुने आईसीसीले जनाएको छ ।
सम्मेलन आयोजना हुनुलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थिति थप बलियो बनाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) को तेस्रो संस्करणअन्तर्गत हुने इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन् ।














