तीनजना सवार मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
थानकोट ।
रुपन्देहीको रोहिणी गाउँपालिका-४, सेमरहवामा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एकजनाको मृत्यु भएको छ ।
सो मोटरसाइकल समेत पल्टँदा त्यसमा सवार एकजना घाइते छन् ।
गए राति करिब पौने १० बजे तीनजना सवार लु ७३ प ८६४३ नम्बरको मोटरसाइकलले रोहिणी-४, पकडीका ६५ वर्षीय चन्द्रिका अहिर सवार साइकललाई ठक्कर दिएको थियो । अहिरको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार एक युवकको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय धकधईले नियन्त्रणमा लिएको छ ।











