थानकोट लगायतका विभिन्न क्षेत्रमा बिहानैदेखि वर्षा, यस्तो हुनेछ दिउँसोको मौसम

Thankot Times

थानकोट । 

बुधबार बिहानबाटै थानकोट क्षेत्रमा सिमसिम पानी पर्न थालेको छ । 

जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न भू–भागमा वर्षा हुने बताएको छ ।

विभागका अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा आज बहिान हल्का वर्षा भइरहेको छ । बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
 
विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

बाँकी भू-भागका आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *