ककनी गाउँपालिकाले फोहोरका गाडीबाट शुल्क नलिने (प्रेस विज्ञप्तीसहित)

Thankot Times

थानकोट ।

नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौँबाट फोहोर बोकेर आउने गाडीबाट प्रवेश शुल्क नलिने बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले काठमाडौँबाट फोहोर बोकेर आउने सवारी साधनबाट शुल्क नलिने बताएको हो ।

काठमाडौँबाट फोहोर बोकेर गएका गाडीसँग प्रवेश शुल्क लिन ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको छ । 

गाउँपालिका अध्यक्ष सुमन तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ककनी गाउँपालिकाले फोहोर मैला ढुवानी गर्ने सवारी साधनबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम प्रवेश शुल्क लिन गरेको निर्णयविरुद्ध सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको र सो रिट उपर सम्मानित अदालतबाट तत्कालको लागि शुल्क नलिन अन्तरिम आदेश जारी भएको भन्ने ब्यहोरा जानकारी हुन आएकोमा सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म ककनी गाउँपालिकाले फोहोर मैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने ब्यहोरा सवैमा जानकारी गराइन्छ ।’ 

गाउँपालिकाले फोहोर मैला व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सम्बन्धित पक्षसँग पहल र समन्वय गर्ने प्रतिबद्धता पनि जनाएको छ । 

n 


Leave a Reply

Your email address will not be published. Required fields are marked *