यी क्षेत्रमा भोलि शनिबार दिनभर बत्ती जानेछ

Thankot Times

थानकोट ।

नेपाल विद्युत् प्राधिकरणले टेकू सबस्टेसनबाट आपूर्ति भइरहेको विद्युत् बन्द हुने जनाएको छ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गर्ने भएकाले भोलि (शनिबार) विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

“टेकू स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ ।

प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईवटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ,” प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “टेकू सबस्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न क्षेत्रमा उल्लेखित फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ ।”

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *