एसीसी इमर्जिङ कप क्रिकेटः उपाधिको लागि भारत र पाकिस्तान खेल्दै

Thankot Times

थानकोट । 

एसीसी इमर्जिङ कप क्रिकेटको उपाधिको लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको फाइनल पुगेका भारत ‘ए’ र पाकिस्तान ‘ए’ नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल श्रीलङ्काको कोलम्बोमा हुनेछ ।

पाकिस्तान ‘ए’ पहिलो सेमिफाइनलमा श्रीलङ्का ‘ए’ लाई पराजित गर्दै फाइनल पुगेको हो । यता दोस्रो सेमिफाइनलमा बंगलादेश ‘ए’ लाई पराजित गर्दै भारत फाइनल पुगेको हो ।

भारत र पाकिस्तानको फाइनल प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *