बागमती प्रदेशमा आजबाट गाडी भाडा घट्ने, काठमाडाैं उपत्यकामा चढ्यो कि १८ रूपैयाँ

Thankot Times

थानकोट ।

बागमती प्रदेशले आज बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ ।

११ जेठमा बागमती प्रदेशले भाडादर समायोजन गरेको थयो । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न लागेको हो ।

मन्त्रालयको अनुसार बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत र सिटी बसहरुमा ३ दशमलव २६ प्रतिशतले भाडा घट्नेछ ।

काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने बित्तिकै सार्वजनिक यातायात(ट्याक्सी बाहेक) ले १९ रुपैयाँ भाडा लिने गर्थ्यो । बिहीबारदेखि भने १ रुपैयाँ घटेर चढ्ने बित्तिकै १८ रुपैयाँ भाडा लाग्नेछ ।

यस्तै, उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैयाँ थियो भने बिहीबारदेखि २४ रुपैयाँ कायम हुनेछ ।

नयाँ भाडादर अनुसार काठमाडौं-कुरिनटारसम्मको भाडा २ सय ८७ रुपैयाँ कायम हुनेछ ।

यसअघि २ सय ९४ रुपैयाँ थियो । यसै प्रकारले अन्य रुटहरुको पनि भाडा घट्ने मन्त्रालयले जनाएको छ ।

ट्याक्सी हकमा भने अघिल्लो भाडादर समायोजन मै घटेकोले अहिलेलाई भाडा नबढाइएको मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *