प्रशिक्षक महर्जनलाई काठमाडाैं महानगरको सम्मान
थानकोट ।
काठमाडौँ महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापामगरलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
दुबइमा गत नोभेम्बरमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजी तौलसमूह कांस्य जितेका चन्द्रलाई एक लाख रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरियो ।
सोही अवसरमा प्रशिक्षक दीपक महर्जनलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, महानगरका प्रवक्त नवीन मानन्धरलगायतले एक कार्यक्रमबीच बुधबार सम्मान गरेका हुन् ।













