एसइई दिएका विद्यार्थीहरूका लागि ब्राइट फ्यूचर स्कुलमा निःशुल्क रोबोटिक र एआई क्याप सुरु हुँदै
थानकोट ।
गत चैत्र महिनामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरूका लागि रोबोटिक र एआई क्याप सञ्चालन हुने भएको छ ।
नैकापस्थित ब्राइट फ्यूचर स्कुलले कार्यक्रम थालनी गर्न लागेको हो ।
बैशाख १३ गतेबाट सुरु हुने भनिएको सो क्याम्पमा रोबोटिक र एआई सम्बन्धी विभिन्न कार्यशाला तथा तालिम कक्षा सञ्चालन हुने ब्राइट फ्यूचर माविले जनाएको छ ।
स्कील्सअप सँगको सहकार्यमा सञ्चालन हुने सो क्याम्पमा इच्छुक विद्यार्थीहरू निःशुल्क सहभागी हुन सक्ने बताइएको छ ।
सहभागिताका लागि यो गुगल फाराम भर्नु पर्नेछ ।
रोबोटिक र आर्टिफिसियल इन्टेलिजेन्स (एआई कृत्रिम बुद्धिमत्ता) आधुनिक प्रविधिका दुई शक्तिशाली क्षेत्रहरू हुन्, जसले मानव जीवन र उद्योगहरूलाई रूपान्तरण गरिरहेका छन्।
रोबोटिक्सले भौतिक मेसिन (शरीर) बनाउँछ भने एआईले त्यसमा बुद्धिमत्ता (दिमाग) भर्ने काम गर्छ।












