उच्छृङ्खल गतिविधि बढेपछि पाटन दरबार क्षेत्रका मन्दिरमा बस्न निषेध, महानगरले लगायो सिक्री

Thankot Times

थानकोट ।

 ललितपुरको पाटन दरबार क्षेत्रमा रहेका मन्दिरमा बस्न ललितपुर महानगरपालिकाले निषेध गरेको छ ।

मन्दिरमा बसेर उच्छृङ्खल गतिविधि देखाउनेहरूको संख्या बढेपछि महानगर सो कदम चालेको हो ।

महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार शनिबारदेखि पाटनका दुई वटा मन्दिरमा बस्न निषेध गरिएको छ । दरबार क्षेत्र परिसरका विश्वनाथ मन्दिर र हरिशंकर मन्दिरमा बस्न निषेध गरिएको र अन्य मन्दिरहरूमा पनि क्रमशः निषेध गरिने उनले बताए ।

बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्मको लागि मन्दिरहरूमा महानगर प्रहरी खटाउन लागेको छ भने बेलुकी ११ बजेसम्म मोबाइल प्रहरी खटाइने उनले बताए ।
मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासोपछि महानगर प्रमुख चिरीबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको हाछेथुले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ