राससले ग्राहक शुल्कमा ३५ प्रतिशत छुट दिने

थानकोट ।

राष्ट्रिय समाचार समिति (रासस)ले ग्राहक शुल्कमा ३५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

साउन ३२ गते बसेको राससको बोर्ड बैठकले ग्राहक शुल्कमा ३५ प्रतिशत छुट दिने निर्णय गरेको राससका महाप्रबन्धक सिद्धराज राईले दैनिकीलाई जानकारी दिए । राईले अहिले १५ प्रतिशतमात्रै छुट दिँदै आएको बताए ।

केही साता अघि इमानका अध्यक्ष रोयल आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले ग्राहक सेवा प्रभावकारी र उपयोगी बनाउनका लागि शुल्कमा ५० प्रतिशतसम्म छुट दिन माग गरेको थियो । इमानका अध्यक्ष आचार्यले दैनिकीसँग कुरा गर्दै विधागत रूपमा विशिष्टकृत पत्रकारिता गरिरहेका सञ्चार मध्यमका लागि राससले विशेष व्यवस्था गर्नुपर्ने उल्लेख गरेर नेतृत्वको ध्यानाकर्षण गाराइएको बताउँदै ग्राहक शुल्कमा छुट दिने निर्णय गरेकोमा राससलाई धन्यवाद दिए ।

उनले राससको यो निर्णयले समाचार संस्थाको प्रभावकारिता र उपयोगता बढ्ने विश्वास व्यक्त गरे । रासस सरकारी समाचार संस्था भए पनि किसान र गाउँगाउँका आवाज मुखरित गर्न सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *