संसद्का दुवै सदनको बैठक बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

राष्ट्रिय सभाको दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

राष्ट्रिय सभाको बैठकमा आज राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *