निरन्तरकाे वर्षाले जनजीवन प्रभावित, दिउँसो आकाश खुल्ने सम्भावना न्यून
थानकोट ।
थानकोट क्षेत्रमा रातिदेखि परेकाे पानी अझै परिरहेको छ। निरन्तरकाे वर्षाका कारण मुल तथा सहायक सडकमा पानी जमेर पाेखरी भएका छन् । मौसम पूर्वानुमान महाशाखा कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना छ।
राति कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।












