पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा चन्द्रागिरि बस्ने अमृत पक्राउ

Thankot Times

थानकोट ।

धादिङको निलकण्ठ नगरपालिका वडा नं। १४ धुँवाकोट घर भइ चन्द्रागिरि नगरपालिकामा बसोबास गर्दै आएका अमृत भन्ने ठानेश्वर न्यौपानेलाई पाँच करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा नियन्त्रणमा गरिएको प्रहरीले जनाएको छ ।

न्यौपानेले धादिङ गजुरी गाँउपालिका घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा व्यवसाय गर्दै आएका अचुत अर्यालको ५ करोड भन्दा बढी रकम ठगी गरेको उजुरी पछि पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पिडित भनिएका अर्यालले, न्यौपाने दम्पतीविरुद्ध जाहेरी दर्ता गराएपछी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर कार्यालय टेकुले जनाएको छ । प्रहरीका अनुसार अहिले उनीमाथी अनुसन्धान भैरहेको छ ।

न्यौपानेविरुद्ध चोरी, ठगी, किर्ते, आपराधिक विश्वासघात लगायतको आरोपसहित उजुरी परेको थियो । उजुरीलगत्तै प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको बताइएको छ।

“पिडत भनिएका अच्युत अर्याल पनि अहिले परिसरमै आउनुभएको छ । उहाँ समेतको उपस्थितिमा पक्राउ परेका व्यक्तिसँग सोधपुछ भैरहेको छ । सोधपुछको प्रकृयापछि मुद्धा दर्ता गर्छौँ ।” परिसरमा कार्यरत एक प्रहरी अधिकृतले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *