सापारु/गाईजात्राको नगर परिक्रमाका लागि बिहीबार र शुक्रबार काठमाडौंका यी सडकमा सवारीसाधन निषेध
थानकोट ।
गाईजात्रा पर्वका लागि लक्षित गर्दै काठमाडौं महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ ।
आज एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
सूचनामा असन-केलटोल-इन्द्रचोक मखन-जैशिदेवल ज्याबहाल-लगन चोक-हनुमानढोका दरबार परिसर-गोफल-ब्रम्हटोल-गोफल ब्रम्हटोल-मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश गराउन रोक लगाइएको उल्लेख छ ।












