टी-२० विश्वकप एसिया छनोट: लगातार दोश्रो जितको खोजीमा नेपाल, आज बहराइनविरुद्ध खेल्दै
थानकोट ।
आईसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत दोश्रो खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ ।
यसअघि बिहीबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो ।
तेस्रो खेलमा नेपालले भदाै १७ गते भुटानसँग, चौथो खेलमा भदाै १८ गते कतारसँग खेल्दैछ ।
नेपालले समूह चरणको अन्तिम खेलमा भदाै १९ गते युएईसँग खेल्दैछ ।
११ राष्ट्र सम्मिलित प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।












