आज काठमाडौंका यी स्थानमा सवारीसाधन निषेध

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले आज काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ। आज गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने काठमाडौं महानगरपालिकाले जनाएको हो ।

एक सूचना निकालेर महानगरले असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने जानकारी दिइसकेको छ।

काठमाडौं महानगरले आज गुँलागा दुतियाको अवसरमा आफ्ना मातहतका कार्यलयमा सार्वजानिक बिदा दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *